प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक सरकारका तीन मन्त्रीलाई राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै राजीनामा दिन सुझाव गरेकी छन्। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजनीतिक गतिविधिभा सहभागी मन्त्रीहरुलाई राजीनमा दिन भनेकी हुन् । यसरी राजनीतिक गतिविधिमा संलग्न हुने मन्त्रीहरुमा ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरूको राजनीतिक गतिविधि सम्बन्धी प्रश्न उठाउँदै, “राजनीतिक गतिविधि नगर्ने मात्र आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहन सक्ने” बताइन्। उनी विशेष गरी कुलमान घिसिङको गतिविधिबाट बढी गम्भीर देखिएकी बताइएको छ।

हालै कुलमान घिसिङले संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाएका थिए । जहाँ उनलाई उपसभापति बनाइएको छ। बब्लु गुप्ता र सञ्चारमन्त्री खरेल पनि राजनीतिक गतिविधिमा संलग्न रहेको बुझिएको छ।

मन्त्री बब्लु गुप्ता बालेन र रबि लामिछाने बिच भएकाे सहमती प्रक्रियामा सहभागी थिए । यस्तै संचार मन्त्री खरेलले पनि बालेन र रवि विचको एकतालाई एकतालाई एतिहासिक भन्दै सामाजिक संजालबाट बधाई दिएका थिए । जसका कारण उनीमाथी पनि प्रश्न उठेको छ । त्यसका अलवा मन्त्री खरेल रास्वपाबाट चुनाव लड्न तयारी गरि रहेको पनि राजनीतिक बृतमा चर्चा हुने गरेको छ । 

भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात प्रधानमन्त्री कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएको थियो। निर्वाचनकालािग नागरिक सरकार गठन भएपनि मन्त्रीहरु नै राजनीतिक गतिविधिभा सहभागी भएपछि जनस्तरबाट पनि  उनीहरुको राजीनामा माग हुँदै आएको छ ।