कोशी प्रदेश सरकार विस्तार, १० जना मन्त्री तथा राज्यमन्त्रीले शपथ ग्रहण

User Image Prime TV News एक महिना अगाडि
Image of कोशी प्रदेश सरकार विस्तार, १० जना मन्त्री तथा राज्यमन्त्रीले शपथ ग्रहण

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै १० जना मन्त्री तथा राज्यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ समारोहमा कांग्रेस र एमालेबाट नियुक्त मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारी सम्हालेका छन्।

कांग्रेसबाट प्रदीप कुमार सुनुवार भौतिक पूर्वाधार मन्त्री, भीम पराजुली पर्यटन मन्त्री, मानबहादुर लिम्बु स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग मन्त्री तथा शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन्।

एमालेबाट तिलचन पाठक खानेपानी मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला मन्त्री, विदुर कुमार लिंथेप आर्थिक मामिला मन्त्री र रामप्रसाद महतो सामाजिक विकास मन्त्री नियुक्त भएका छन्। आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतमले शपथ लिएका छन्।