विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार लज्जास्पद र अस्वीकार्य : विश्वप्रकाश शर्मा

User Image Prime TV News १ हप्ता अगाडि
Image of विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार लज्जास्पद र अस्वीकार्य : विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शर्माले यस्तो व्यवहार राजनीतिक संस्कारविरुद्ध भएको स्पष्ट पारेका हुन्।

शर्माले असहमति लोकतन्त्रको आधार भए पनि फरक धारणा राखेकै कारण दुर्व्यवहार गर्नु लज्जास्पद र अस्वीकार्य भएको बताएका छन्। उनले राजनीतिमा स्वस्थ बहस, सहिष्णुता र मर्यादित आचरणलाई मात्र प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समिति बैठकमा सहभागी हुन पुगेका निधिमाथि विशेष महाधिवेशनको पक्षमा रहेका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।

विशेष महाधिवेशन सम्भव नभएको धारणा सार्वजनिक गरेपछि निधि लक्षित नाराबाजी र अमर्यादित व्यवहार भएको बताइएको छ।