नेपाली कांग्रेसले संविधान दिवस देशभर मनाउने

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली कांग्रेसले संविधान दिवस देशभर मनाउने

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा संविधान दिवस मनाउने निर्णय गरेको छ। पार्टीको उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षामा दृढतासाथ संविधान दिवस मनाउन आब्हान गरेका हुन् । 

खड्काले सानेपास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संविधान दिवसको महत्त्वलाई र संविधानको रक्षाका लागि पार्टीको प्रतिबद्धता पुनः दोहोर्याए। उनले भने,"हामीले संविधानको रक्षा गर्ने दृढ संकल्पका साथ संविधान दिवस मनाउने निर्णय गरेका छौं। यस अवसरमा पार्टीका सबै पदाधिकारी, भ्रातृ संस्था र शुभेच्छु संस्थाहरूलाई संविधानलाई हातमा राखेर शान्तिपूर्ण तरिकाले कार्यक्रम सम्पन्न गर्न निर्देशन दिइसकिएको छ।"

संविधान दिवसको अवसरमा ७७ वटै जिल्लामा संयमतापूर्वक र शान्तिपूर्वक कार्यक्रम आयोजना गरिने पनि कांग्रेसले जनाएको छ ।