कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । मंगलबार सुरु भएको बैठक आज बुधबार बिहान ९ बजे पुनः बस्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने निर्णय गरेको थियो। बैठकमा आगामी राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का विषयमा केन्द्रीत रहेर छलफल भएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी गराएका थिए।

हिजोको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्नो धारणा राखेका थिए। नेताहरूले निर्वाचन रणनीति, राजनीतिक अवस्था र दलगत समन्वयका विषयमा विचार प्रस्तुत गरेका थिए।

आजको बैठकमा बाँकी नेताहरूले समेत आफ्नो धारणा राख्ने र राष्ट्रिय सभा सदस्य निर्वाचनकका उम्मेद्वारको नाम तय गर्ने बताइको छ ।