एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवार चयन

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवार चयन

काठमाडौ । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवार चयन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको सूची अन्तिम रूप दिएको एमाले स्रोतले जनाएको छ।

एमालेले रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने निर्णय गरेको हो। पार्टीका अनुसार एक जना उम्मेदवार भने अझै टुंग्याउन बाँकी छ।

राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार राष्ट्रियसभामा कांग्रेस र एमालेले समान रूपमा ७–७ सिट लिने, नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट लिने सहमति भएको बताइएको छ। सोही आधारमा एमालेले आफ्नो भागका सिटमा उम्मेदवार तय गर्दै गएको हो।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते निर्वाचन मिति तोकेको छ। यस निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त रहेका कूल १८ सदस्यको चयन हुने छ।