सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। बुधबार लुभुलामाटारस्थित अध्यक्ष लिङ्देनको निवासमा भएको भेटमा आगामी निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्ने वातावरण निर्माणका विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री खरेलले सरकार निर्वाचनकालागि आवश्यक वातावरण बनाउन सक्रिय रहेको बताएका थिए। त्यसक्रममा राप्रपा अध्यक्ष लिङ्देनले पनि निर्वाचन प्रक्रियाप्रति पार्टीको प्रतिबद्धता रहेको स्पष्ट पारेको मन्त्री खरेलले जानकारी दिए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद गर्दै आएका छन्। सोही क्रममा उनले विभिन्न दलका नेताहरूको निवासमै पुगेर भेटवार्ता गरिरहेको जनाइएको छ।













