२२औँ पल्सर स्पोर्टस अवार्ड हुँदै

User Image Prime TV News १ हप्ता अगाडि
Image of २२औँ पल्सर स्पोर्टस अवार्ड हुँदै

काठमाडौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा आज पोखरामा  २२औँ पल्सर स्पोर्टस अवार्ड हुँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रम काठमाडौँ बाहिर हुन लागेको यो पहिलो पटक हो ।

अवार्डमा यसपटक पनि १० विधामा पुरस्कार प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।

पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिञ्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटर पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपटकको कार्यक्रम पोखराको सभागृहमा हुँदैछ ।