आइभरीकोस्टले बुरकानो बासोलाई ३–० ले पराजित

User Image Prime TV News १ हप्ता अगाडि
Image of आइभरीकोस्टले बुरकानो बासोलाई ३–० ले पराजित

काठमाडौ । डिफेन्डिङ च्याम्पियन आइभरीकोस्टले बुरकानो बासोलाई सजिलै ३–० ले पराजित गर्दै अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनल यात्रा तय गरेको छ ।

यस नतिजासँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पूरा भएको छ । त्यसमा अमाड डिआलो, यान डाइमान्डे र ब्लाटी टुरेले गोल गरे । यस अगाडि अल्जेरियाले डीआर कंगोलाई १–० ले पराजित गरेको थियो ।

अतिरिक्त समय पुगेको त्यस खेलमा बोउलबिनाले एक मात्र निर्णायक गोल गरे । अब आइभरीकोस्टले इजिप्टको सामना गर्नेछ । अन्य खेलमा मालीले सेनेगल, क्यामरुनले मोरक्को र अल्जेरियाले नाइजेरिया भिड्ने छन् । अब क्वाटरफाइनल खेल बिहीबार सुरु हुनेछन् ।