राष्ट्रियसभा निर्वाचनः नेकपाबाट प्रेम सापकोटा उम्मेदवार

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रियसभा निर्वाचनः नेकपाबाट प्रेम सापकोटा उम्मेदवार

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोकका प्रेम सापकोटालाई उम्मेदवार बनाएको छ। पार्टीले उनलाई बागमती प्रदेशबाट प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको हो।

पार्टीका नेता माधव सापकोटाका अनुसार प्रेम सापकोटा लामो समयदेखि जनयुद्ध, जनआन्दोलन तथा परिवर्तनकारी राजनीतिक संघर्षहरूमा सक्रिय रहँदै आएका नेता हुन्। पार्टीभित्र उनको निष्ठा र योगदानलाई ध्यानमा राख्दै राष्ट्रियसभा उम्मेदवारका रूपमा चयन गरिएको उनले बताए।

आइतबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको उपस्थितिमा सापकोटालाई उम्मेदवारीको औपचारिक पत्र हस्तान्तरण गरेका थिए।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। उम्मेदवारी टुंग्याएसँगै नेकपाले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र बनाएको छ।