एमालेले तय गर्यो राष्ट्रिय सभाका ८ उम्मेदवार
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस र जसपा नेपालसँगको भागबण्डा सहमतिअनुसार कांग्रेसले ८ सिटमा उम्मेदवारी दिने व्यवस्था भएको छ।
एमालेले प्रदेशअनुसार उम्मेदवार तोकेको छ। कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशबाट सम्झना देवकोटा उम्मेदवार बनाइएका छन्।
लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले नेताले जानकारी दिए। उम्मेदवारहरूले आजै आफ्नो मनोनयन दर्ता गराउने तयारी गरेका छन्। यससँगै एमालेको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ।













