राष्ट्रियसभा निर्वाचनः नेकपाले पनि टुंग्यायो उम्मेदवार

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रियसभा निर्वाचनः नेकपाले पनि टुंग्यायो उम्मेदवार

काठमाडौ । आगामी राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले १७ जना उम्मेदवार चयन गरेको छ। कांग्रेस र एमालेसँगको गठबन्धन असफल भएपछि पार्टीले सबै सिटमा आफ्नै उम्मेदवार अघि बढाएको हो।

पार्टीले गण्डकी प्रदेशमा एक सिट खाली राख्दै अन्य प्रदेशका उम्मेदवारहरू टुंगो लगाएको छ। नेकपाले कोशी प्रदेशमा खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने, मधेश प्रदेशमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल, बागमती प्रदेशमा प्रेम प्रसाद सापकोटा, सरोज कुमारी झा, गण्डकी प्रदेशमा कपिल लामा, लुम्बिनी प्रदेशमा दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन बिकलाई उम्मेद्वार बनाएको छ । 

यस्तै कर्णाली प्रदेशमा बुद्धिप्रसाद शर्मा, अन्जु महतारा, सुदूरपश्चिम प्रदेशमा टीकाराम जैशी, रोजी बस्नेत सुनारलाई उम्मेद्वार बनाएको छ ।