कांग्रेस महामन्त्री थापाले लगाए पार्टीभित्र घेराबन्दीको आरोप
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भइरहेको दाबी गरेका छन्।
बुधबार केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, केही नेताहरूले संख्याको आधारमा दम्भ देखाउँदै महामन्त्रीहरूलाई दबाबमा राख्ने प्रयास गरिरहेको बताएका छन् । थापाले स्पष्ट पारे, “यहाँभित्र सानो घेराबन्दी भए पनि पार्टीको घेरा ठूलो छ। आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको समर्थनले हामीलाई अझ मजबुत बनाइरहेको छ।”
संख्याको आधारमा दम्भ देखाएर महामन्त्रीहरूलाई घेराबन्दी गरिएको उनको निष्कर्ष छ।













