विशेष महाधिवेशन पक्षधरले निधिमाथि भएको दुर्व्यवहारमा आफूहरुको संलग्नता नरहेको भनाई

User Image Prime TV News एक महिना अगाडि
Image of विशेष महाधिवेशन पक्षधरले निधिमाथि भएको दुर्व्यवहारमा आफूहरुको संलग्नता नरहेको भनाई

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपा स्थित पार्टी कार्यालयमा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन्।

विशेष महाधिवेशन पक्षधरको तर्फबाट मनोजमणि आचार्यले जारी गरेको वक्तव्यमा भनिएको छ कि घटना हुनु भन्दा अगावै ११ः३५ बजे पार्टी कार्यालयमा उनीहरूको कुनै कार्यक्रम नभएको स्पष्ट पारिसकेको अवस्थामा पनि गलत रूपमा उनीहरूको संलग्नता फैलाइएको थियो।

वक्तव्यमा निधिमाथि दुर्व्यवहारमा उनीहरूको कुनै संलग्नता नभएको स्पष्ट गर्दै भविष्यमा पनि कुनै हुलहुज्जत वा प्रदर्शन गर्ने योजना नरहेको उल्लेख गरिएको छ। विशेष महाधिवेशन पक्षधरहरूले शान्तिपूर्ण र नियमपालनको पक्षमा रहिरहने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।