निर्वाचनमा उम्मेदवारी दिने बारे निर्णय नगरेको छैनः मन्त्री खरेल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमा उम्मेदवारी दिने वा नदिने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने चर्चा चलेको समयमा बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको कार्यक्रममा बोल्दै मन्त्री खरेलले भने, “मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन। आजको दिनसम्म कुनै पार्टीमा प्रवेश गरेको छैन, वार्ता वा छलफल गरेको छैन। मेरो सम्पूर्ण ध्यान अहिले सरकारको काम र चुनावमा केन्द्रित छ।”
उनी सञ्चार माध्यमहरूले आफूले पार्टीसँग छलफल गरेको वा उम्मेदवारी दिने तय गरेको भन्ने समाचार फैलाएको विषयमा असन्तुष्ट छन्। मन्त्री खरेलले थपे, “समाचार अलिकति फरक ढंगले आइरहेको छ। तर आज म तपाईंहरूमार्फत स्पष्ट पार्न चाहन्छु–मैले चुनाव उठ्ने वा नउठ्ने निर्णय गरेको छैन।”












