नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान, पौष २७–२८ मा काठमाडौंमा हुने

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान, पौष २७–२८ मा काठमाडौंमा हुने

काठमाडौ । नेपाली कांग्रेसमा पछिल्लो समय देखिएको आन्तरिक विवादबीच पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०८२ पौष २७ र २८ मा महाधिवेशन सञ्चालन गर्ने घोषणा गरेको हो।

विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेका छन्, “पार्टीले १५औं महाधिवेशन २०८२ पौष २८ भित्र सम्पन्न गर्ने तालिका सार्वजनिक गरेको थियो, तर तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा हाम्रो मागअनुसारको विशेष महाधिवेशन स्वतः विकल्प बनेको छ।”

सचिवालयले महाधिवेशनको लागि भृकुटीमण्डपमा स्थल बुकिङ गरिसकेको छ र सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासनमा पनि पत्राचार भइसकेको छ। त्यस्तै, महाधिवेशन संचालनका लागि विभिन्न उपसमितिहरू पनि गठन भइसकेका छन्।

तर पार्टीभित्रको धाराप्रवाहमा मतभेद कायमै छ। महामन्त्री थापा र शर्मा पक्षले नियमित महाधिवेशन प्रभावित भएको कारण अब विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन्। त्यस्तै, सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन अघि विशेष महाधिवेशन सम्भव नहुने जनाएका छन्।

विशेष महाधिवेशन पक्षधरले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागी हुन र उत्साहपूर्ण उपस्थितिका लागि हार्दिक आग्रहसमेत गरेका छन्।