नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि १८ उपसमिति गठन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले पुस २७ र २८ गते काठमाडौंको भृकुटी मण्डपमा हुने विशेष महाधिवेशनको तयारी सुरु गरेको छ।
यसका लागि पार्टीका पक्षधर समूहले १८ वटा उपसमिति गठन गरेको जानकारी बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ। सूचना प्रसार तथा प्रचार उपसमितिका संयोजक सुवास पोखरेलले पत्रकार सम्मेलनमा समितिहरू गठन गरिएको विवरण प्रस्तुत गर्दै, महाधिवेशन सफल बनाउन सबै तहका कार्यकर्ताहरू सक्रिय हुने बताए।
पार्टीभित्रको आन्तरिक छलफल र निर्णय प्रक्रियालाई सुदृढ बनाउन गठन गरिएको यी उपसमितिहरूले महाधिवेशनको तयारी, प्रचार-प्रसार र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्। विशेष महाधिवेशनले पार्टीको आगामी रणनीति, नेतृत्व र संगठन सुधारसम्बन्धी निर्णयहरूमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।













