नेपाली कांग्रेसमा विशेष महाधिवेशनको तयारी तीव्र, थापा नेतृत्वको पक्ष बुद्धिजीवीहरूसँग छलफलमा

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसमा विशेष महाधिवेशनको तयारी तीव्र, थापा नेतृत्वको पक्ष बुद्धिजीवीहरूसँग छलफलमा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पार्टीभित्रको विशेष महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ।

महामन्त्री थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे लगायतले काठमाडौंको नक्सालस्थित एक होटलमा बुद्धिजीवीहरूसँग परामर्श गरिरहेका छन्। विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलनमार्फत पार्टी नेतृत्वलाई महाधिवेशनको स्वामित्व लिन आग्रह गरेका छन्।

यसअघि पार्टी संस्थापन पक्षले वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको थियो। तर, महामन्त्री थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले संस्थापनको कार्यतालिकाको विपरीत विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको जानकारी छ।

विशेष महाधिवेशनको यो प्रक्रिया नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक द्वन्द्व र नेतृत्वको रणनीतिक खेललाई उजागर गर्ने संकेत स्वरूप देखिएको छ।