राष्ट्रिय सभाको १८ सिटका लागि ४४ उम्मेदवार मैदानमा, दलगत गठबन्धन र एकल प्रतिस्पर्धा स्पष्ट

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय सभाको १८ सिटका लागि ४४ उम्मेदवार मैदानमा, दलगत गठबन्धन र एकल प्रतिस्पर्धा स्पष्ट

काठमाडौ । राष्ट्रिय सभाका रिक्त १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएपछि निर्वाचनको औपचारिक प्रक्रिया तीव्र बनेको छ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेश राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले तोकिएको निर्वाचन कार्यक्रमअनुसार सबै प्रक्रिया अघि बढिरहेको जानकारी दिए।

उनका अनुसार भोलि उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ भने पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी योग्य उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। त्यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ।

पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेको छ भने नेकपा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ।

जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशबाट तीन सिटमा उम्मेदवारी दिएको छ भने एक सिटमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई समर्थन गरेको छ ।