अब खुला रूपमा राजनीतिमा प्रवेश गरे: कुलमान घिसिङ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । निवर्तमान ऊर्जामन्त्री कुलमान घिसिङले अब आफू खुला रूपमा राजनीतिमा प्रवेश गरेको घोषणा गरेका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब राजनीतिमा उत्रिन ढिला भइसकेको स्पष्ट पारे।
घिसिङले मन्त्री पदबाट अलग भएसँगै सक्रिय राजनीतिक यात्रा सुरु गर्ने बताएका छन्। “कहिले राजनीतिमा लाग्नुहुन्छ भनेर धेरैले सोध्नुहुन्थ्यो। अब त्यो समय आएको छ। मैले राजीनामा दिएको छु, भोलिदेखि नै म राजनीतिमा लाग्छु,” उनले भने।
उनले देशको अवस्था गम्भीर रहेको उल्लेख गर्दै अब बाहिर बसेर टिप्पणी गर्ने होइन, प्रत्यक्ष जिम्मेवारी लिएर परिवर्तनको लडाइँ लड्ने समय आएको दाबी गरे। घिसिङका अनुसार मन्त्री पदमा रहँदासम्म उनले सम्पूर्ण ध्यान मन्त्रालयको काममै केन्द्रित गरेका थिए।
छोटो अवधिमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले सो समयमा राजनीतिक गतिविधिमा नलागी प्रशासनिक र नीतिगत काममै आफू केन्द्रित रहेको बताए।












