देउवालाई विशेष महाधिवेशन स्थगित वा रोक्न पहल गर्न कांग्रेस नेताहरुको आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of देउवालाई विशेष महाधिवेशन स्थगित वा रोक्न पहल गर्न  कांग्रेस नेताहरुको आग्रह

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजालबीच विशेष महाधिवेशनलाई लिएर छलफल भइरहेको छ। कोइराला र रिजाल सभापति देउवासँग भेटका लागि महाराजगञ्जस्थित निवास पुगेका हुन्।

भेटमा कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि घोषणा गरेको विशेष महाधिवेशन प्रमुख एजेन्डा बनेको छ। उक्त महाधिवेशनको वैधानिकताबारे पार्टीभित्र फरक–फरक मत देखिँदै आएको छ।

कोइराला निकट स्रोतका अनुसार डा. कोइरालाले सभापति देउवालाई विशेष महाधिवेशन स्थगित वा रोक्न पहल गर्न आग्रह गरेका छन्। उनले विधानसम्मत प्रक्रिया नअपनाइ महाधिवेशन बोलाउँदा पार्टीमा थप विवाद उत्पन्न हुने तर्क राखेका छन्।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यालयले यसअघि विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयद्वारा आह्वान गरिएको विशेष महाधिवेशन पार्टी विधानअनुसार नभएको स्पष्ट गरिसकेको छ। विशेष महाधिवेशनको घोषणापछि कांग्रेसभित्र आन्तरिक छलफल र राजनीतिक गतिविधि तीव्र बनेका छन्।