सुनचाँदीको बजारमा गिरावट, सुन तोलामा २ हजार र चाँदी १ सय रुपैयाँले घट्यो

User Image Prime TV News ६ दिन अगाडि
Image of सुनचाँदीको बजारमा गिरावट, सुन तोलामा २ हजार र चाँदी १ सय रुपैयाँले घट्यो

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा झरेको छ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार पुस १३ गते सुन हालसम्मकै उच्च मूल्यमा पुग्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ८३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र स्थानीय माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन भइरहेको व्यवसायीहरूले बताएका छन्।