युरोपियन च्याम्पियन्स लिगमा लिभरपुलको विजयी सुरुवात

User Image Prime TV News ११ महिना अगाडि
Image of युरोपियन च्याम्पियन्स लिगमा लिभरपुलको विजयी सुरुवात

काठमाडौ । लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। कप्तान भर्जिल भ्यान डाइकले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि लिभरपुल जित निकाल्न सफल भएको हो ।

लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३– २ ले पराजित गरेको हो । खेलको सुरुवाती चौथो मिनेटमै एन्डी रोबट्र्सनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले अर्को गोल थपेपछि पाहुना टोली २–० ले अघि बढ्यो।

तर, पहिलो हाफको अन्त्यतिर मार्कस लोरटेले एट्लेटिकोका लागि गोल फर्काए। लोरटेले नै ८१ औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। बराबरी उन्मुख खेलमा कप्तान भ्यान डाइकले कर्नरमा हेडिङमार्फत गोल गर्दै लिभरपुललाई नाटकीय जित दिलाए।