लिङ्देन–लामिछाने भेट, पृथ्वी जयन्तीमा सहकार्यको संकेत

User Image Prime TV News ६ दिन अगाडि
Image of लिङ्देन–लामिछाने भेट, पृथ्वी जयन्तीमा सहकार्यको संकेत

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । बिहीबार बिहान दुबै नेताबीच भेट भएको राप्रपाले जनाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । साथै राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पुस २७ गते मनाइने पृथ्वी जयन्ती कार्यक्रममा सहभागी हुन औपचारिक निम्तो दिएका छन् ।

राप्रपाले प्रत्येक वर्ष पृथ्वी नारायण शाहको जन्मजयन्ती पुस २७ गते पृथ्वी जयन्तीका रूपमा मनाउँदै आएको छ । राप्रपा अध्यक्ष लिङ्देनले पछिल्ला केही दिन राजनीतिक भेटवार्तालाई निरन्तरता दिएका छन् ।