नेपालले अमेरिका–भेनेजुएला तनावमा चासो व्यक्त, संयमता अपनाउन आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल सरकारले अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावप्रति गहिरो चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
नेपालको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि कुनै पनि कदमले तनाव बढाउने काम गर्नु हुँदैन। विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान गर्नुपर्नेमा नेपालले जोड दिएको छ।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानीसहित विभिन्न शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि दुई देशबीच तनाव बढेको थियो। यस घटनाप्रति विभिन्न मुलुकहरूले चिन्ता व्यक्त गरिरहेका छन्।
नेपालले आफ्नो आधिकारिक धारणा व्यक्त गर्दै सबै विवाद संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्नेमा जोड दिएको छ।












