नेपाली कांग्रेसमा तनाव: केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइयो

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसमा तनाव: केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइयो

काठमाडौ । नेपाली कांग्रेसले बिहीबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बिहीबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालयमा हुने जानकारी दिएका छन्।

पार्टीमा विशेष महाधिवेशनको माग उठेपछि बैठक बोलाइएको हो। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए। यसअघि विशेष पक्षधरहरूले पनि पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनको माग गरेका थिए।

तर, पार्टीले बुधबार जारी विज्ञप्तिमा स्पष्ट पारेको थियो कि विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई छैन। यस घटनापछि पार्टी भित्रको तनाव र विवाद अझै बढेको देखिन्छ। विशेष महाधिवेशनको माग र केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद कस्तो मोड लिन्छ भन्ने विषयमा चासो बढेको छ ।