निर्वाचन आयोगले भोली देखि मतपत्र छाप्न सुरु गर्दै

User Image Prime TV News ६ दिन अगाडि
Image of निर्वाचन आयोगले भोली देखि मतपत्र छाप्न सुरु गर्दै

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारबाट मतपत्र छाप्ने तयारी थालेको छ।

पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने भएको छ। समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिसकेको छ। आयोगका अनुसार ५८ दलले उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् र तीनै दलको निर्वाचन चिह्न सहित मतपत्र तयार हुनेछ।

यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन्। आयोगले कुल मतदाताको ५–१० प्रतिशत बढी मतपत्र छाप्ने तयारी गरेको छ। उच्च सुरक्षा व्यवस्थासहित जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा छपाइ हुनेछ र प्रेसको परीक्षण पनि पूरा भइसकेको छ।

मतदाता शिक्षाका लागि आवश्यक नमुना मतपत्र पनि छापिएको छ। आयोगले सेतो कागजमा कालो रंगमा चुनाव चिह्नसहितको मतपत्र हुने जानकारी दिएको छ। समानुपातिक मतपत्र देशभर एकै आकारका हुनेछ।

प्रत्यक्षतर्फको मतपत्र भने माघ ६ मा उम्मेदवारी मनोनयन टुंगिएपछि निर्वाचन क्षेत्र अनुसार उम्मेदवार संख्या हेरेर छपाइ सुरु गरिनेछ।