पूर्व माओवादी युवा नेता रहबर अन्सारीले पार्टी छोडे, समाजवादी क्रान्ति जिन्दावाद भन्दै भए बिदा

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्व माओवादी युवा नेता रहबर अन्सारीले पार्टी छोडे, समाजवादी क्रान्ति जिन्दावाद भन्दै भए बिदा

काठमाडौ । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले बिहीबार पार्टी परित्याग गरेका छन्।

अन्सारीले हुलाकमार्फत नेपाली कम्युनिष्ट पार्टीलाई राजीनामा बुझाउँदै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। उनको राजीनामापत्रमा अन्सारीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा मधेस प्रदेशमा प्रस्तुत सायरी “सागर के तुफान को भी हमने बस में किया है…” उद्धृत गर्दै भनेका छन् कि अब यो गीत केवल प्रचण्डको स्मृतिमा मात्रै बाँकी रहेको छ।

अन्सारीले आफ्नो पत्रमा पार्टीले साहस, इमान र जोखिम जस्ता महत्वपूर्ण मूल्यहरू त्यागिसकेको समेत उल्लेख गरेका छन्। उनी लेखेका छन्, “म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।”