विशेष महाधिवेशन विवाद चुलिँदै, कार्यवाहक सभापति खड्काले आज पत्रकार सम्मेलन गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of विशेष महाधिवेशन विवाद चुलिँदै, कार्यवाहक सभापति खड्काले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल नगर्न अपिल गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि पार्टीभित्र देखिएको मतभेद थप स्पष्ट बन्दै गएको छ । आज हुन लागेको पत्रकार सम्मेलनमा इतर समूहका नेता डा. शेखर कोइरालाको पनि उपस्थिति रहने बताइएको छ।

सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन रोक्न पुनः आग्रह गर्ने तयारी रहेको कांग्रेस स्रोतको भनाइ छ। पार्टी विधान, आन्तरिक एकता र समसामयिक राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै विशेष महाधिवेशन उपयुक्त नहुने तर्क संस्थापन पक्षले गर्दै आएको छ भने इतर समूहले भने महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएको छ।