नेकपा एमाले केन्द्रीय कमिटी बैठक बोलायो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक भोली बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा बस्दैछ।
बैठकमा सहभागी हुने सबै केन्द्रीय सदस्यहरूलाई नागरिकताको फोटोकपी अनिवार्य रूपमा साथमा ल्याउन पार्टीले निर्देशन दिएको छ। केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक तथा पार्टी अभिलेख व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको जनाइएको छ।
यो बैठक एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक हो। यसअघि पहिलो बैठक पुस ४ गते बसेको थियो। बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, आन्तरिक व्यवस्थापन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।












