कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको भेला बोलायो

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको भेला बोलायो

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्ना केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको छ। पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमै जाने भन्ने विवाद चरमोत्कर्षमा पुगेको अवस्थामा आन्तरिक रणनीति र सल्लाहका लागि यस्तो भेलाको आयोजना गरिएको हो।

संस्थापन पक्षका अनुसार भेलामा सहभागी सदस्यहरूलाई विशेष महाधिवेशनसम्बन्धी विषय, पार्टीको भावी रणनीति र आन्तरिक एकता सम्बन्धी छलफल गर्ने बताइएको छ। यसअघि बिहीबार संस्थापन पक्षीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

उक्त भेटपछिको छलफललाई अगाडि बढाउँदै आफ्नो समूहका सदस्यहरूको भेलालाई आह्वान गरिएको हो। पार्टीभित्र इतर समूहले विशेष महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले विधान, आन्तरिक स्थिरता र वर्तमान राजनीतिक परिस्थिति ध्यानमा राख्दै नियमित महाधिवेशनमा जोड दिँदै आएको छ।