सुनको मूल्य बढ्यो, चाँदी घट्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २,६७,८०० रुपैयाँ पुगेको छ । जसमा बिहीबारको मूल्य २,६५,७०० रुपैयाँको तुलनामा २,१०० रुपैयाँको वृद्धि भएको छ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदी ४,७८० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ, जुन बिहीबारको ४,८३५ रुपैयाँको तुलनामा ५५ रुपैयाँले कम हो।
सुनको मूल्यमा बढोत्तरीमा विश्व बजारमा सुनको मूल्य वृद्धिले भूमिका खेलेको देखिन्छ भने चाँदीको मूल्यमा घटबढ स्थानीय माग–आपूर्ति र अन्तर्राष्ट्रिय बजारको असर देखिएको छ।













