मन्त्रीहरूले कुनै दलको पक्ष लिन पाउने छैनन्ः गृहमन्त्री अर्याल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालको सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलप्रति झुक्ने छुट नभएको स्पष्ट पारेका छन्।
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले सरकारले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै सबै पक्षलाई यसमा शङ्का नगर्न आग्रह गरे। मन्त्री अर्यालले जेनजी आन्दोलन सुशासन कायम गर्नका लागि भएको र सरकार त्यसमा कटिबद्ध रहेको उल्लेख गर्दै, निर्वाचन मितिमा नभए देश संकटमा पर्न सक्ने चेतावनी पनि दिए।
गोष्ठीमा उपस्थित बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने भन्दै, सुरक्षा निकायलाई स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन सम्पन्न गर्न आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनी कृत्रिम बौद्धिकता र इन्टरनेटमार्फत फैलिन सक्ने भ्रामक समाचार प्रति सचेत रहन पनि गृह मन्त्रालय र सुरक्षा निकायलाई आग्रह गरे।













