रियाल मड्रिडले स्पेनिस सुपर कपको सेमिफाइनलमा
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । मिडफिल्डर फेडेरिको भाल्भेडेप्रेरित रियाल मड्रिडले स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडलाई हराउँदै फाइनलमा स्थान बनाएको छ ।
बिहीबार भाल्भर्डेले सानदार फ्रीकिक गोल गरे । अर्को गोलका निम्ति उनले असिस्ट पनि गरेपछि रियालले ‘मड्रिड डर्बी’मा एट्लेटिकोलाई २–१ ले हराएको हो । रियालको यो जितसँगै फाइनलमा ‘एल क्लासिको’ हुने भएको छ । गएको बुधबार पहिलो सेमिफाइनलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई ५–० ले हराएको थियो ।
बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा स्पेनिस राजधानीका दुई प्रतिद्वन्द्वीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । उरुग्वेका मिडफिल्डर भाल्भर्डे निर्णायक बने । उनले खेल सुरु भएको ८० सेकेन्डभित्रै प्राप्त फ्रीकिकमा गोल गरेका थिए । भाल्भर्डेले दोस्रो हाफको सुरुमै रोड्रिगोका निम्ति सानदार असिस्ट दिएका थिए । ५५औँ मिनेटमा रोड्रिगोले रियालको अग्रता दोब्बर बनाएका थिए ।
एलेक्जेन्डर सोरलोथले ५८औँ मिनेटमा हेडरमार्फत गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन । प्रतियोगिताको फाइनल खेल आउँदो सोमबार हुने तालिका छ ।













