पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौतामा हस्ताक्षर
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अनुसार अब कुनै एक देशमाथि आक्रमण भएमा त्यसलाई अर्को देशमाथि आक्रमण भएको मानिनेछ र संयुक्त रूपमा प्रतिकार गरिनेछ।
दुवै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा यो सम्झौताले दुबै मुलुकबीच सुरक्षा सहयोग बलियो बनाउने र विश्वशान्ति स्थापनामा प्रतिबद्धता देखाउने उल्लेख गरिएको छ। सम्झौता अन्तर्गत दुवै देशले ‘डिफेन्स कोअपरेशन’ मा संयुक्त रूपमा काम गर्ने भएका छन्।
साउदी राजधानी रियादस्थित यमामा प्यालेसमा सम्पन्न उच्चस्तरीय बैठकमा साउदी प्रिन्स सलमान र प्रधानमन्त्री शरीफबीच अन्य धेरै विषयमा पनि छलफल भएको थियो। दुवै पक्षले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा समेत विचार–विमर्श गरेका थिए ।







