खड्काको पत्रकार सम्मेलन स्थगित, कांग्रेस भित्र विशेष महाधिवेशन विवाद बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुक्रबार दिउँसो १ः० बजे तय भएको सम्मेलन मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत स्थगित गरिएको जानकारी दिएका छन्।
यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिनसम्म भृकुटीमण्डप, काठमाडौंमा विशेष महाधिवेशन बोलाएका छन् । तर पार्टी केन्द्रीय कार्यालयले महाधिवेशनलाई विधानविपरीत भएको भन्दै कार्यसम्पादन समितिबाट प्रतिनिधिहरूलाई उपस्थित नहुन निर्देशन दिएको छ।
यहि कारणले कार्यवाहक सभापतिद्वारा आयोजना गर्न लागिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको हो। यस घटनाले पार्टी भित्रको आन्तरिक विवाद र विशेष महाधिवेशनको वैधानिकता सम्बन्धी विवादलाई अझ स्पष्ट बनाएको छ।












