प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनैपनि दलसँग सहकार्य हुदैनः नेकपा अग्निप्रसाद सापकोटा

User Image Prime TV News ५ दिन अगाडि
Image of प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनैपनि दलसँग सहकार्य हुदैनः नेकपा अग्निप्रसाद सापकोटा

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टी र आम जनताले मन नपरेको बताएका छन्।

उनले राजनीतिक दलबीच सहकार्य स्वाभाविक भए पनि यसलाई आम नागरिकले सकारात्मक रूपमा नलिएको बताए। सापकोटाले राष्ट्रिय सभा निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँडको प्रस्ताव पार्टीले अघि सारेको भए पनि कांग्रेस–एमाले त्यसका लागि तयार नभएको स्पष्ट पारे।

उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनैपनि दलसँग सहकार्य नगर्ने पनि जनाए। उनले भने, “राष्ट्रिय सभा निर्वाचन आम निर्वाचन जस्तो नभएको कारण हामीले समझदारी गर्ने कुरा अघि सारेका थियौं। तर प्रतिनिधि सभा निर्वाचनमा हामी स्वतन्त्र ढंगले चुनाव लड्नेछौं, र जनताबाट पनि यही सुझाव आएको छ।”

सापकोटाले विगतमा अन्य दलसँग गठबन्धनमा पहिचान स्थापित गर्न नसकेको स्वीकार्दै, नेकपाले जेनजी पुस्ताले उठाएका एजेण्डा अघि बढाउँदै आएको बताए। साथै उनले सर्वोच्च अदालतलाई विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए।