कांग्रेस संस्थापन समूहको छलफलः पार्टी विभाजन रोक्न विशेष महाधिवेशन स्थगित गर्न आग्रह

User Image Prime TV News ५ दिन अगाडि
Image of कांग्रेस संस्थापन समूहको छलफलः पार्टी विभाजन रोक्न विशेष महाधिवेशन स्थगित गर्न आग्रह

काठमाडौ । नेपाली कांग्रेसका संस्थापन समूहका नेताहरूले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन रोक्न आग्रह गर्ने निर्णय गरेका छन्।

बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा भएको छलफलमा कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामा लगायतको सहभागिता रहेको थियो।

छलफलपछि गुरु बरालले भने, “पार्टी कमजोर बनाउन सक्रिय तत्वहरू छन्। त्यसैले कांग्रेस फुटबाट जोगाउन र पार्टी एकता कायम गर्न छलफल गरिएको हो। पार्टी कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुन्छ।”

संस्थापन समूहले विशेष महाधिवेशनको नाममा हुने विभाजनलाई रोक्न देशभरका नेता र कार्यकर्तालाई एकढिक्का रहन आह्वान गर्ने निर्णय गरेको छ। बरालका अनुसार, युवा र जिल्ला सभापतिहरूको भेला बोलाएर पार्टीलाई मुठभेड नभई एकतामा ल्याउने तयारी गरिएको छ।

यो घटनासँगै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ गते विशेष महाधिवेशन आह्वान गरेका छन् भने संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ।