निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

User Image Prime TV News ५ दिन अगाडि
Image of निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी(म्यादी प्रहरी) भर्ना प्रक्रिया सुरु भएको छ ।

निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा भर्नाका लागि पुस २५ गते शुक्रबारदेखि दरखास्त प्रक्रिया सुरु भएको हो । दरखास्त प्रक्रिया सुरु भएसंगै निर्वाचन प्रहरीमा भर्ना हुने युवाहरुको आकर्षण देखिएको छ ।

दरखास्त प्रक्रिया सुरु भएको पहिलो दिन नै तोकिएको स्थानमा फारम भर्ने युवाहरुको उपस्थीति उल्लेखिय देखिएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्मको समय तोकिएको छ ।

प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार ९ सय ८० जनाको संख्यामा निर्वाचन प्रहरी माग गरेको छ । नियुक्ति पाएको मितिले ४० दिन निर्वाचन प्रहरीको कार्य अवधि रहने र सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरीको कार्यअवधि हेरफेर गरे सोहिबमोजिम हुने नेपाल प्रहरीले जनाएको छ ।

सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिने बताइएको छ । प्रतिधिसिभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ ।