संस्थापन निकट १७ भ्रातृ संगठनले संयुक्त रूपमा विशेष महाधिवेशनको विरोध
Prime TV News एक महिना अगाडि 
काठमाडौ ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद: १७ भ्रातृ संगठनले विरोध जनाए
काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको प्रस्तावलाई लिएर विवाद उत्पन्न भएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि, संस्थापन निकट १७ भ्रातृ संगठनले संयुक्त रूपमा विरोध जनाएका छन्।
विरोधी पक्षले जारी अपिलमा भनिएको छ कि “हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न सबैले एक ढिक्का भएर अघि बढ्न आवश्यक छ। नेपाली कांग्रेसका सभापति, पदाधिकारी तथा केन्द्रीय समिति सबैले पार्टी एकताबद्ध भएर नियमित महाधिवेशन र आगामी आमनिर्वाचनतर्फ ध्यान दिनुपर्छ।” अपिल अनुसार, नियमित महाधिवेशन वैशाख २८ देखि ३१ सम्म तोकिएको छ भने फाल्गुन २१ गते आमनिर्वाचन पनि हुँदैछ।
संगठनहरूले सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित र जिम्मेवार बनेर सहअस्तित्वको आधारमा सहमतिको प्रक्रियामार्फत अघि बढ्न अनुरोध गरेका छन्। त्यसैगरी, पुस २२ गतेको कार्यसम्पादन समितिको बैठकमा पार्टी कार्यालय प्रवेश गर्ने क्रममा पूर्व उपसभापति बिमलेन्द्र निधि लगायत नेताहरूप्रति गरिएको अपमानजनक व्यवहारको स्पष्ट निन्दा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।













