सुदन गुरुङले गोरखा–१ बाट उम्मेदवारी घोषणा
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । जेनजी पुस्ताका अगुवा सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
उनले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। गुरुङले आफ्नै गृह जिल्लाबाट राजनीतिक यात्रा सुरु गर्न लागेको उल्लेख गर्दै परिवर्तनको सुरुवात आफ्नै गाउँ र माटोबाट गर्ने प्रतिबद्धता जनाएका छन्।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। उनले आफ्नो अभियानलाई नयाँ पुस्ताको प्रतिनिधित्वसँग जोड्दै ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल’ भन्ने सन्देश अघि सारेका छन्। जेनजी पुस्ताका आवाजलाई संसदसम्म पुर्याउने लक्ष्यसहित उम्मेदवारी घोषणा गरिएको उनको भनाइ छ।
पछिल्लो समय गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिक देखिए पनि उनले कुन दलबाट उम्मेदवारी दिने भन्ने विषय अझै खुलाएका छैनन्। पार्टीगत रूपमा अघि बढ्ने वा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिने भन्ने निर्णय भने आगामी दिनमा सार्वजनिक गर्ने संकेत दिएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुँदैछ।












