तीन दिनका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठक आजै सक्ने तयारी
Prime TV News ४ दिन अगाडि 
काठममाडौ । नेकपा एमालेले तीन दिनका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठक औपचारिकतामै सीमित हुने देखिएको छ।
११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक भए पनि ठोस राजनीतिक र संगठनात्मक एजेन्डा नहुँदा आजै एकै दिनमा सक्ने तयारी गरिएको नेताहरूले बताएका छन्।
केन्द्रीय सदस्य निरज आचार्यका अनुसार बैठकमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने, पार्टीको नियमावली प्रस्तुत गर्ने र पछिल्लो राजनीतिक अस्थाबारे अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन मात्र कार्यसूचीमा छ। यी विषय सकिएपछि बैठक टुंग्याइने तयारी गरिएको हो।
यसअघि स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने चर्चा भए पनि यो केन्द्रीय कमिटी बैठकले त्यसबारे कुनै निर्णय नगर्ने स्पष्ट भएको छ। गत पुस दोस्रो साता बसेको सचिवालय बैठकले निर्वाचन लक्षित नेताहरूको अस्थायी कार्य विभाजन गरिसकेको थियो।
तर त्यसपछि पनि केन्द्रीय कमिटी बैठकलाई निर्णायक बनाउन नसक्नुले पार्टीभित्र स्पष्ट रणनीति र नेतृत्वको दृढता अभाव रहेको संकेत गर्छ।













