घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त, रास्वपासँगको एकता औपचारिक रूपमा टुट्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्।
शनिबार बसेको पार्टीको आकस्मिक केन्द्रीय कमिटी बैठकले उनलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। पार्टी नेता गणेश घिसिङका अनुसार यो निर्णयको औपचारिक घोषणा शनिबार साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।
पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सम्झौता भएको थियो। त्यसलाई नयाँ राजनीतिक विकल्पको सुरुवातका रूपमा प्रचार गरियो। तर वास्तविकतामा त्यो सम्झौता टिक्न सकेन। नीति, नेतृत्व र कार्यदिशामा कुरा नमिलेपछि एकता पूर्ण रूपमा भंग भएको छ।
एकता असफल भएपछि अब उनेपा र रास्वपा दुवै अलग–अलग रूपमा आगामी निर्वाचनमा जाने भएका छन्। ठूलो घोषणा गरेर सानो तयारी गर्ने र अन्ततः टुट्ने प्रवृत्ति फेरि दोहोरिएको छ।













