नेपाली बजारमा सुन–चाँदीको मूल्य उकालो, सुन तोलाको दुई लाख ७० हजार नाघ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली बजारमा सुन–चाँदीको मूल्य उकालो, सुन तोलाको दुई लाख ७० हजार नाघ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले वृद्धि भएको हो । मूल्य वृद्धिसँगै अब उपभोक्ताले एक तोला छापावाल सुन खरिद गर्न दुई लाख ७० हजार ६०० रुपैयाँ खर्चिनुपर्नेछ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम थियो । यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आइतबार चाँदी तोलामा २१० रुपैयाँले बढ्दै चार हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन् ।