नेपाली बजारमा सुन–चाँदीको मूल्य उकालो, सुन तोलाको दुई लाख ७० हजार नाघ्यो

User Image Prime TV News ३ दिन अगाडि
Image of नेपाली बजारमा सुन–चाँदीको मूल्य उकालो, सुन तोलाको दुई लाख ७० हजार नाघ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले वृद्धि भएको हो । मूल्य वृद्धिसँगै अब उपभोक्ताले एक तोला छापावाल सुन खरिद गर्न दुई लाख ७० हजार ६०० रुपैयाँ खर्चिनुपर्नेछ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम थियो । यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आइतबार चाँदी तोलामा २१० रुपैयाँले बढ्दै चार हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन् ।