कांग्रेस विशेष महाधिवेशनअघि जुलुस भृकुटीमण्डपतर्फ

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस विशेष महाधिवेशनअघि जुलुस भृकुटीमण्डपतर्फ

काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु हुनुअघि पार्टीका विभिन्न स्थानबाट जुलुस भृकुटीमण्डपमा पुगेका छन् ।

महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपन्डोल र काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुसहरू आइरहेका छन्। महाधिवेशन आयोजक समितिले उद्घाटन अघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको जानकारी दिएको छ।

जुलुस भृकुटीमण्डप प्रवेश गरेसँगै औपचारिक उद्घाटन कार्यक्रम सुरु गरिने तयारी छ। उद्घाटनपछि आजै विशेष महाधिवेशनको बन्दसत्र पनि सुरु हुने भएको छ। यो महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।