राष्ट्रपति र कांग्रेस सभापतिबीच भेटवार्ता, पार्टी विवाद मिलाउन पहल
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा महाधिवेशनको विवाद तीव्र बन्दै गएपछि राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शीतल निवासमा भेटवार्ता भएको छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार भेटवार्तामा सभापतिले भेट भएको कुरा स्वीकार गरेका छन्, तर छलफलका विषयहरूबारे कुनै विवरण सार्वजनिक गरिएको छैन। महतले भेट सामान्य र स्वाभाविक रहेको बताएका छन्।
यसअघि राष्ट्रपति पौडेलले शुक्रबार महामन्त्री गगन थापा र नेता रमेश लेखकलाई शीतल निवासमा बोलाएर पार्टी विवादबारे छलफल गरेका थिए। राष्ट्रपति पौडेलले पार्टीभित्रको विवाद मिलाउन सक्रिय पहल गरिरहेका छन्।
कांग्रेसमा नियमित र विशेष महाधिवेशनको विवादका कारण पार्टी दुई खेमा विभाजित भएको छ। केन्द्रीय समितिले नियमित महाधिवेशन वैशाख २८–३१ मा सम्पन्न गर्ने निर्णय गरेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन अगाडि बढाएका छन्। विशेष महाधिवेशन आज भृकुटीमण्डपमा सुरु हुँदैछ।












