उज्यालो नेपाल संग एकता भंग भएपछि रास्वपाले गर्यो समानुपातिक सूची संशोधन

User Image Prime TV News एक महिना अगाडि
Image of उज्यालो नेपाल संग एकता भंग भएपछि रास्वपाले गर्यो समानुपातिक सूची संशोधन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएपछि रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको सूची आज आइतबार निर्वाचन आयोगमा संशोधित गरेको छ।

रास्वपाका प्रवक्ता मनीष झाले सो जानकारी दिएका छन्। उज्यालो नेपाल र रास्वपा विचको एकता शनिबार साँझ अन्त्य भएको थियो। त्यसपछि उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ अध्यक्ष बनेका छन्।

यसअघि दुवै दलले सहमतिमा समानुपातिकतर्फ साझा सूची बुझाएका थिए। तर एकता भंग भएपछि अब फागुन २१ मा हुने निर्वाचनमा उज्यालो नेपाल पार्टीका उम्मेदवार समानुपातिकतर्फ प्रत्यक्ष रूपमा सहभागी हुन सक्दैनन्।