गुरूराज घिमिरेद्वारा सभापति देउवालाई ल्याउन कांग्रेस केन्द्रीय सदस्यहरूलाई आह्वान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षका नेता गुरूराज घिमिरेले सभापति शेरबहादुर देउवालाई भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको कार्यक्रमस्थलमा ल्याउन निकट केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेका छन्।
आइतबार महाधिवेशनमा बोल्दै घिमिरेले अहिलेसम्म ३० जना केन्द्रीय सदस्यहरू सहभागी भइसकेको जानकारी दिएका छन्। बाँकी सदस्यहरूलाई पनि सभा स्थलमा सभापति लिएर आउन उनले आग्रह गरेका छन्।
घिमिरेले भने, “हामीले भनेका थियौं जुन बिन्दुमा नियमित अधिवेशन अवरूद्ध हुन्छ, त्यही बिन्दुमा विशेष महाधिवेशन प्रारम्भ हुन्छ। आज हामीले बचन पूरा गरेका छौं। आफ्ना सभापतिलाई लिएर आउनुस् र यसलाई उत्सव बनाऔं।”
उनको आह्वानसँगै महाधिवेशनमा पार्टी एकता र सहभागितालाई सुदृढ पार्ने प्रयास भइरहेको छ।













