निवर्तमान सांसद विनोद चौधरी कांग्रेस विशेष महाधिवेशनमा सहभागी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नवलपरासी–२ बाट निर्वाचित निवर्तमान सांसद विनोद चौधरी पनि भाग लिन भृकुटीमण्डप आइपुगेका छन्।
विगतमा सभापति शेरबहादुर देउवा निकटका रूपमा चिनिएका चौधरीले अहिलेसम्म विशेष महाधिवेशनको पक्ष वा विपक्ष खुलेको थिएन। तर अन्तिम समयमा उनले आफू विशेष महाधिवेशनको पक्षमा उभिने निर्णय गरेका छन्।
यो कदमसँगै विशेष महाधिवेशनमा पक्ष–विपक्ष दुवैतर्फ नेताहरूको सहभागिता बढ्दै गएको छ।













