कोइरालाका विश्वासपात्र डा. सुनिल शर्मा र केदार कार्की विशेष महाधिवेशनको पक्षमा उभिए
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका शीर्ष नेता शेखर कोइरालाका विश्वासपात्र दुई नेता डा. सुनिल शर्मा र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पार्टीको दोस्रो विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।
अघिल्लो निर्वाचनमा मोरङ–३ बाट विजयी डा. सुनिल शर्मा लामो समयदेखि शेखर कोइरालाको पक्षमा सक्रिय रहेका छन्। केदार कार्कीले पनि देश र पार्टीको हितका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताए।
उनिहरूले भने, “देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य छ।” यो कदमसँगै विशेष महाधिवेशनमा कोइरालाप्रतिको समर्थन गर्ने नेताहरूको सहभागिता अझ बलियो भएको देखिन्छ।













